२०८१ फागुन १४, बुधवार , ०१:४७:२५ बजे

Sajhamanch
'

पालिकास्तरीय फुटबल प्रतियोगितामा आज शिवसताक्षी विजयी

बुधवार, माघ १०, २०८०

कनकाई । झापाको सुरुङ्गामा जारी जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो चरणको पहिलो खेल शिवसताक्षी नगरपालिकाले जितेको छ ।

आज बुधबार शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिका बीच भएको खेलको पूरै समय कुनै पनि गोल नभएपछि ट्राइबे्रकरबाट निर्णय निकालिएको थियो । ट्राईबेकरमा शिवसताक्षी बिजेता बनेको आयोजक समितिले जनाएको छ ।

यो जीतसँगै शिवसताक्षीले अब सेमी फाइनलको यात्रा पक्का गरेको छ । खेलको म्यान अफ दि म्याच शिवसताक्षीकै जर्सी नं. २ का खेलाडी निकेश श्रेष्ठ घोषित भए ।
अर्को खेल माघ १३ गते बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिका बीच हुने कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष अम्बिका खरेलले बताइन् । प्रतियोगिताको अन्तिम फाइनल खेल माघ १७ गते हुने उपाध्यक्ष खरेलले जानकारी दिइन् ।

सम्बन्धित खबर