२०८१ फागुन १४, बुधवार , ०३:३०:५२ बजे

Sajhamanch
'

आईसीसी यू–१९ विश्वकप : पाकिस्तानविरुद्ध ब्याटिङमा नेपाल

बुधवार, माघ १०, २०८०

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपाली युवा टिमले पहिले ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेलका लागि टस जितेर नेपाली टिमका कप्तान देव खनालले ब्याटिङको निर्णय गर्दै पाकिस्तानलाई फिल्डिङको निम्तो दिएका छन् ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । आजको खेलपछि नेपालले समूह चरणको अन्तिम खेल जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

यसअघि युवा विश्वकपमा यी दुई टिमबीच दुई पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये एक खेल नेपालले जित्दा अर्को एक खेल पाकिस्तानले आफ्नो पक्षमा पारेको छ ।

सन् २००० को संस्करणमा पनि नेपाल र पाकिस्तान एकै समूहमा थिए । तर उक्त संस्करणमा यी दुई टिमबीचको खेल रद्ध भएको थियो । २००२ को संस्करणमा पुनः एकपटक नेपाल र पाकिस्तान एकै समूहमा परे । उक्त संस्करणमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो ।

सन् २०१६ को संस्करणमा पाँचौ स्थानका लागि भएको प्लेअफमा नेपाल पाकिस्तानसँग १२२ रनले पराजित भएको थियो ।