२०८२ जेठ १५, बिहिवार , १०:१२:२३ बजे

Sajhamanch
'

नक्कली प्रवेश पत्र बनाएर मोटरसाइकलको ट्रायल परीक्षा दिने एकजना पक्राउ

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नक्कली प्रवेश पत्र बनाएर ट्रायल दिने एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको चुलाचुली–४ घर भई हाल काठमाडौंको थली बस्ने १८ वर्षीय सिजन पुरी छन् ।

उनले भक्तपुरको राधेराधेस्थित इजी वई ट्रायल सेन्टरमा दुईपांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा दिने क्रममा सिजनलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार पुरी पहिलो पटक परीक्षामा अनुत्तीर्ण भइ पुनः दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएका थिए । दोस्रो पटक समेत फेल भएका उनले तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा पक्राउ परेका हुन् ।

पक्राउ परेका पुरीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त ठिमीमा पठाइएको छ ।