२०८२ जेठ ६, सोमवार , ०८:५८:३७ बजे

Sajhamanch
'

लिङ्देनले ‘बधाई छ तिमिलाई’ निर्माण गर्ने

सोमवार, माघ ८, २०८०

झापा । प्रथम लिम्बू महिला चलचित्र निर्देशक हिमाली लिङ्देनको निर्देशनमा दोस्रो चलचित्र ‘बधाई छ तिमीलाई’ निर्माण हुने भएको छ । यसअघि निर्माण भएको नेपाली चलचित्र ‘मिसन क्यारेङग्याङ’ सफल भएपछि उनले दोस्रो चलचित्र निर्देशन गर्न लागेकी हुन् ।

एसएस इन्टरनेशनल फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र बधाई छ तिमीलाई ब्यवसायिक चलचित्र हो । पे्रम कथामा आधारित सो चलचित्रको झापा विभिन्न पर्यटकीय स्थलमा सुटिङ गरिने चलचित्रका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेन (मन्त्री)ले बताएका छन् । चलचित्र करिव ६० लाख रुपैयाँको लागतमा निर्माण हुने प्रस्तुतकर्ता लिङ्देनले जानकारी दिए ।

पहिलो चलचित्र नै सफल भएपछि दोस्रो चलचित्र बधाई छ तिमीलाई निर्देशन गर्ने हिम्मत गरेको निर्देशक लिङदेनले बताइन् । सो चलचित्र फागुन पहिलो साताबाट सुटिङ गरिने निर्देशक लिङ्देनले जानकारी दिइन् । अहिलेको नेपाली समाजमा भइरहेका घटनाक्रमलाई समेटेर तयार पारिएको चलचित्रको कथा, पटकथा, संवाद उदय सुब्बाको रहेको छ ।

नेपालका चर्चित कलाकारहरुले अभिनय गर्ने चलचित्रमा नयाँपन पाउन सकिने कलकारसमेत रहेका भएका उदय सुब्बाले बताए । निर्देशक हिमालीलाई विश्व कलाकार महासंघद्वारा आजीवन सदस्यता प्रदान गर्दै यसअघि सम्मान गरिएको थियो ।

यसअघि निर्माण भएको मिसन क्यारेङग्याङ नेपालमा भन्दा पहिले तीनवटा देशमा प्रर्दशन गरिएको थियो । सो चलचित्र थाइल्याण्ड, मलेसिया र हङकङमा सफलताका साथ रिलिज गरिएको हो ।