
भद्रपुर । मारवाडी भाषाका साहित्यकार सत्यनारायण तायलको एकल कविता वाचन हुने भएको छ।
डाइनामिक ग्रुप नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा भद्रपुर–६ स्थित मारवाडी संघको सभाहलमा यही माघ १२ गते तायलको एकल कविता वाचन हुने भएको हो ।
झापाका प्रायः साहित्यिक कार्यक्रमहरूमा सक्रियतापूर्वक कविता वाचन गर्न पुग्ने उनी भद्रपुर– ५ का स्थायीबासी हुन् । मारवाडी भाषामा एकल कविता वाचन गर्ने तायल नै सम्भवतः पहिलो नेपाली कवि बन्ने बताइएको छ।

साहित्यकार सत्यनारायण तायल
पेसाले उद्योगी भए पनि साहित्य र समाजसेवामा रूचि राख्ने तायलले आफ्ना कविताहरूको संकलन गरेर कविता संग्रह प्रकाशन गर्ने लक्ष्य रहेको बताएका छन् । तायलका लगभग ५० वटा जति मारवाडी भाषाका कविता तयार भइसकेका छन्।