२०८२ जेठ १७, शनिवार , १२:०१:४७ बजे

Sajhamanch
'

नेप्सेमा गिरावट कायमै, सोमबार ३१ अंकले घट्यो

सोमवार, माघ ८, २०८०

काठमाडौँ। साताको पहिलो कारोबार आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से २५.६३ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि उच्च अंकको गिरावट कायमै रह्यो।

साताको दोस्रो कारोबार दिन सोमबार दिनभरजसो नेप्से परिसूचक उतारचढावपूर्ण हुँदै ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा झरेको छ। सोमबार २०९ कम्पनीको सेयर घट्यो भने ३६ कम्पनीको सेयर बढ्यो। दुई कम्पनीको सेयर स्थिर रह्यो।

सोमबार एक करोड ८० लाख ४३ हजार २ सय ४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँको सेयर कारोबार भयो।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो। सेन्सेटिभ सूचक ४.८४ अंकले घट्यो भने फ्लोट सूचक २.२० अंकले नै घट्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि १.७४ अंकले घट्यो।

सोमबार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूह घट्यो भने एक उपसमूह मात्रै बढ्यो। सबैभन्दा धेरै घट्नेमा उपसमूहमा निर्जीवनबीमातर्फ रह्यो। सो उपसूचक १३७.२६ अंकले घट्यो। त्यसैगरी जीवनबीमातर्फको उपसमूहपनि ८१.०५ अंकले घट्यो। बढ्ने उपसमूहमा भने अन्यतर्फ रह्यो। सो उपसमूह १० अंकले घट्यो।

सोमबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा अप्पर स्याङग्रे हाइड्रोपावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.९८ प्रतिशत र मिडसोलु हाइड्रोपावर कम्पनीको सेयर पनि ९.४६ प्रतिशतले बढेको छ।

त्यसैगरी सोमबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा दोर्दी खोला जलविद्युत् कम्पनी रह्यो। सो कम्पनीको सेयर ८.३३ प्रतिशतले घट्यो। त्यसैगरी हिमालयन लघुवित्त कम्पनीको सेयर पनि ७.२७ प्रतिशतले घटेको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको थियो। आइतबार १७७ कम्पनीको सेयर घट्यो भने ६४ कम्पनीको सेयर बढ्यो।

६ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार दुई करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको सेयर कारोबार भयो।

सम्बन्धित खबर