२०८२ जेठ १६, शुक्रवार , १०:१४:३९ बजे

Sajhamanch
'

बाजुरामा भीरबाट लडेर एकजनाको मृत्यु

सोमवार, माघ ८, २०८०

काठमाडौं । बाजुरामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–५, बस्ने ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो ।

गत शुक्रबार घर नजिकै रहेको थानकोट भन्ने जंगलबाट स्याउला ल्याउने क्रममा भीरबाट लडेकी थिइन् ।
गम्भीर घाइते भएकी उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर