२०८१ असोज ३, बिहिवार , ०६:३९:०१ बजे

Sajhamanch
'

जसले १३० महिलासँग बिहे गरे, २०३ बच्चाको बुवा बने

सोमवार, माघ ८, २०८०

अहिलेको आधुनिक युगमा बढ्दो महंगी तथा व्यस्त जीवनशैलीका कारण युवायुवतीहरुलाई बिहे गर्न र बच्चा जन्माउन समेत फुर्सद छैन । जसका कारण विश्वका अधिकांश विकसित मुलुकहरुमा मात्र नभएर धेरै विकासशील मुलुकहरुमा समेत जनसंख्याको घट्दो वृद्धिदर चिन्ताको विषय बनिरहेको छ ।

तर नाइजरका एक मुस्लिम धर्मगुरु अर्थात् मौलानाले भने १३० जना महिलासँग बिहे गरेर २०३ जना बच्चा जन्माए ।यद्यपि सेन्ट्रल नाइजर स्टेटका बासिन्दा रहेका मौलाना मोहम्मद बेल्लो अबूबकर संसारबाट बिदा भैसकेका छन् तर उनको कीर्तिमानका प्रमाणहरु फैलिरहेका छन् ।

आफ्नो जीवनकालमा बीबीसीलाई उनले अन्तरवार्ता दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘केही मानिसहरु एकजना पत्नी हुँदा पनि दुस्खी हुन्छन् । तर, मलाई अल्लाहले यस्तो शक्ति दिनुभएको छ कि सोही कारण मैल १३० जना पत्नीहरुलाई सम्हाल्न सकेको छु।’उनले बिहे गरेका धेरैजसो महिलाहरु उनीसँग उपदेश लिन आउँथे । अर्थात् आफ्नै विद्यार्थीहरुसँग नै मौलानाले बिहे गरिरहे । तर, करिब ११ दर्जन महिलासँग बिहे गरेको उजुरीसँगै प्रहरीले उनलाई पक्राउ गर्‍यो । तर, अनौठो त के भने उनका १३० पत्नीहरुले नै अबूबकरको समर्थन गरे र उनलाई जेलमुक्त गराए ।

आफूले १३० महिलासँग बिहे गरेको भए पनि अरुलाई भने त्यसो नगर्न मौलानाले सल्लाह दिन्थे । उनी भन्थे, ‘यो अल्लाहले केवल मलाई मात्रै दिएको मिसन हो, जुन मैले पूरा गरें । ‘

सम्बन्धित खबर