२०८१ मंसिर ६, बिहिवार , ०६:१६:५५ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी काँकरभिट्टा कार्यालयको १५ दिने सार्वजनिक सूचना

आइतवार, माघ ७, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड NMC-COOP
कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/०९/२७

जिल्ला झापा मेचीनगर–७ बस्ने श्रीमती धनमाया निरौला (सदस्य नं. ५१७५६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल असोज २३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–७ बस्ने निजका छोरा बिनोद निरौलाले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल कात्तिक २ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

—  एनएमसी काँकरभिट्टा कार्यालय

सम्बन्धित खबर