२०८२ जेठ २०, मङ्गलवार , ११:४३:३८ बजे

Sajhamanch
'

प्रधानमन्त्री स्वदेश फर्किँदा अन्य उडान अवतरण ‘डिले’

आइतवार, माघ ७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डको स्वदेश फिर्ताको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाको लागि बन्द भएको छ ।

जसले गर्दा दोहाबाट काठमाडौं आएको हिमायल एयरलाइन्सको जहाज दमामबाट काठमाडौं आएको हिमालय एयरलाइन्स र दिल्लीबाट काठमाडौं आएको जहाज समयमा अवतरण हुन नपाएको विमानस्थल स्रोतले जानकारी दियो ।

विमानस्थल स्रोतका अनुसार भीभीआईपी उडान भएको बेलामा ‘अराइभल डिप्याचर डिले’ हुने गर्छ । सोही कारण उडान अवतरणमा डिले भएको तर, बन्द नभएको विमानस्थल स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री दाहाल युगान्डाको भ्रमण सकेर आज स्वदेश फर्केका हुन् ।