२०८१ माघ १५, मङ्गलवार , ०९:१२:१८ बजे

Sajhamanch
'

वैदिकको रक्तदानमा २४ जनाले दिए रगत

शनिवार, माघ ६, २०८०

भद्रपुर । स्थापनाको १३औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० ले विविध कार्यक्रम गरेको छ ।

सहकारी स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत रक्तदान तथा विपन्न सदस्यका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो ।

रक्तदान कार्यक्रममा ४ महिलासहित २४ जनाले रक्तदान गरेका थिए । यस्तै सहकारीमा आबद्ध भई नियमित कारोबार गर्ने तर आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य बीमा गर्न असमर्थ एक परिवारको एक वर्षको बीमा गरिदिएको छ । संस्थाका सदस्य रामबहादुर माझीको नाममा तीन हजार ५०० रूपैयाँको सरकारी स्वास्थ्य बीमा रकम तिरिदिएको जनाइएको छ ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका महासचिव घनश्याम अधिकारीले रगत दिएर उद्घाटन गरिएको रक्तदान कार्यक्रममा ४ महिलासहित २४ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक संयोजनमा रक्तदान सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा नेफ्स्कुन महासचिव अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत उपाध्यक्ष डिल्लीराम अधिकारीले गरेका थिए भने सञ्चालन सचिव विदुर ढुंगानाको रहेको थियो ।

सम्बन्धित खबर