२०८२ जेठ २०, मङ्गलवार , ०९:४९:४६ बजे

Sajhamanch
'

गुल्मीमा चितुवा मृत भेटियो

शनिवार, माघ ६, २०८०

गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका-२ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ ।

जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए।

मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई जिम्मा लगाइएको वडाअध्यक्ष लोकनाथ आचार्यले बताए ।

चितुवाको मुखमा चोट लागेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गुल्मका सहायक वन अधिकृत पंकजकुमार ठाकुरले बताए ।

दुईवटा चितुवा एक आपसमा लडने क्रममा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उनले बताए ।

चितुवालाई अन्य कुनै पासो थाप्नेलगायतका क्रियाकलाप नभेटिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित खबर