२०८२ जेठ ६, सोमवार , १२:५८:५४ बजे

Sajhamanch
'

स्थानीय सरकारलाई एकल महिलाको ध्यानाकर्षण

शुक्रवार, माघ ५, २०८०

भद्रपुर । मानव अधिकारका लागि महिला एकल महिला झापाले जिल्लाका १५ वटै पालिकाका प्रमुखहरूलाई संरक्षण अधिकार खोसिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

संघीय संरचनामा परिवर्तन हुनुपूर्व महिला तथा बालबालिका कार्यालय मार्फत अप्ठ्यारोमा परेका एकल महिला संरक्षणका लागि राज्यले कोष खडा गरी संरक्षण गरिरहेकोमा संघीयता कार्यान्वयन भएसँगै सो अधिकार खोसिएकोले पुनःस्थापनको माग गर्दै स्थानीय सरकार प्रमुखलाई ध्यानाकर्षण गरिएको हो ।

केन्द्रीय सचिव तथा झापा अध्यक्ष रेखा अधिकारीको नेतृत्वमा भद्रपुर नगरपालिका लगायत झापाका विभिन्न पालिकामा ध्यानाकर्षण पत्र बुझाइएको हो । ध्यानाकर्षण पत्रमा विगतदेखि राज्यले गर्दै आएका सम्पूर्ण संरक्षणका काम स्थानीय सरकारले जिम्मा लिन माग गरिएको छ ।