२०८२ जेठ २३, शुक्रवार , ११:५१:५५ बजे

Sajhamanch
'

ताक्लाकोटमा एक नेपालीको मृत्यु

बिहिवार, माघ ४, २०८०

सिमकोट। चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटेल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ ।

डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए । हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्‍याइने भण्डारीले जानकारी दिए ।

सम्बन्धित खबर