२०८२ जेठ २३, शुक्रवार , ०९:४०:४६ बजे

Sajhamanch
'

एकै पटक पाँच पदमा नाम निकाल्ने मनीषालाई ओलीको बधाई

बिहिवार, माघ ४, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएका विभिन्न पदको परीक्षामा एकै वर्ष ५ वटा पदमा नाम निकाल्न सफल भएकोमा बधाई दिएका छन् ।

पुर्व प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा मनीषाको तस्बिरसहित मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने मनीषाले सकारात्मक सन्देश दिन सफल भएको पनि बताएका छन् ।

‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरूमा पढेँ । यो सुखद खबर हो’, ओलीले भनेका छन्, ‘मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना !’



सम्बन्धित खबर