
काठमाडौँ । बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई बुधबार पक्राउ गरेको हो।
राईलाई संखुवासभाबाट पक्राउ गरी काठमाडौं ल्याएर जिल्ला अदालत काठमाडौंमा पेस गरी सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।
‘पीडितको व्यक्तिगत विवरण सार्वजनिक गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरेका छौं,’ एसएसपी अर्यालले भने,‘अन्य थप व्यक्तिविरुद्ध पनि जाहेरी परेको छ । उनीहरूको कसूरबारे पनि अनुसन्धान भइरहेको छ। पुष्टि हुने आधार देखिए कारबाही गर्छौं।’गौशाला–२६ ले केहीदिनअघि ब्युरोमा पुगेर जाहेरी दिएकी थिइन् ।
एसएसपी अर्यालले जाहेरी परेका बाहेकको पनि अनुसन्धान भइरहेको बताए । उनले भने,‘हाम्रो संयन्त्रबाट अरुले पनि पीडितको व्यक्तिगत विवरण सार्वजनिक गरेको बारेमा अनुसन्धान गरिरहेका छौं ।