२०८२ जेठ २५, आइतवार , ०४:५९:५५ बजे

Sajhamanch
'

बीपीको समस्या समाधानको माग गर्दै धरानका मेयरले लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

मङ्गलवार, माघ २, २०८०

काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका छन्।

मेयर साम्पाङले बीपी प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधानको माग गर्दै स्वास्थ मन्त्रालयलाई पत्र लेखेका हुन्।

उनले प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्की कार्यालयमा हाजिर गराई प्रतिष्ठानमा देखिएको समस्याको निकासा दिन अनुराध गरेका छन्।

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन्। उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ।

सम्बन्धित खबर