२०८२ जेठ २४, शनिवार , ११:४२:५२ बजे

Sajhamanch
'

साढे दुई घण्टामा तीन अर्बको सेयर कारोबार

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । लगातार सेयर बजार बढ्दै जाँदा कारोबार रकम पनि बढ्दै गएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार दिउँसो १२ः३३ बजेसम्म बजार ४०.३५ अंकले बढेको छ । सो समयमा तीन अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार साढे दुई घण्टाको अवधिमा ९१ लाख ३० हजार २६२ कित्ता सेयर तीन अर्ब ६ करोड रुपैयाँमा कारोबार भएको छ ।

उक्त अवधिसम्म २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ । बाँकी चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

सम्बन्धित खबर