२०८२ जेठ २५, आइतवार , ०४:५१:०६ बजे

Sajhamanch
'

यसअघि आत्मदाहको प्रयास गरेकी आरती आज पनि प्रहरी नियन्त्रणमा

मङ्गलवार, माघ २, २०८०

काठमाडौ । गत शुक्रवार सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी आरती गिरीलाई प्रहरीले मंगलबार बिहान फेरी नियन्त्रणमा लिएको छ।

न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले आज फेरी सर्वोच्चमा गएर विरोध प्रदर्शन गर्न लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। गत शुक्रवार आत्मदाहको प्रयास गर्दा पनि उनी प्रहरीको नियन्त्रणमा पुगेकी थिइन्। पछि उनलाई छाडिएको थियो।

आरतीले भुवन माथि आफूलाई यौन शोषण गरेको आरोप लगाउँदै आएकी छिन्। यही आरोपसहित उनले प्रहरीमा उजुरी दिएकी थिइन्। उनीहरूबिचको मुद्दा अदालती प्रक्रियामा छन्। आरतीले न्यायाधीश गिरीलाई पक्राउ गर्न माग राख्दै पटक–पटक प्रदर्शन गर्दै आएकी छिन्।

मंगलवार सर्वोच्च गेटमा पुगेर ज्याकेट खोल्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खबर