२०८१ कार्तिक २, शुक्रवार , ०७:५२:३५ बजे

Sajhamanch
'

उदयपुरमा महिलाको बलात्कार आरोपमा एकजना पक्राउ

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । उदयपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–८, बेलटार मरुवाका ५० वर्षीय टंकबहादुर कार्की छन् ।

४५ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

कार्कीले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि इलाका प्रहरी कार्यालय कटारीबाट टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर