२०८१ मंसिर १३, बिहिवार , ०९:१७:४५ बजे

Sajhamanch
'

२९ वर्षकी आमा, २२ वर्षकी छोरी

मङ्गलवार, माघ २, २०८०

आमा-छोरीको अनुहार मिल्नु नौलो कुरा होइन । तर, प्रायः उनीहरुको उमेरमा ठुलो अन्तर हुने हुनाले अनुहार मिल्दोजुल्दो हुँदा पनि उनीहरु एकैजस्तो लाग्दैनन् ।हालै चर्चामा आएका आमाछोरीको एउटा जोडी भने अनुहारमा मात्र होइन उमेरको मामिलामा पनि यतिधेरै नजिक छ कि सोसल मिडियामा मानिसहरु ती आमाछोरी नभई जुम्ल्याहा भएको बताइरहेका छन् ।अमेरिकाकी २९ वर्षीया सवाना च्यापिनले जब आफ्नो छोरी टिजी आफूभन्दा केवल ७ वर्षमात्रै कान्छी रहेको बताइन् तब सबै अचम्ममा परे । पहिलो कुरा त मानिसहरु आमा-छोरीको बीचमा यति कम उमेर अन्तरको दाबीबाटै द्विविधामा परे । अझ जब ती आमाछोरीको तस्वीर देखे तब आश्चर्यचकित पर्नुको विकल्प थिएन, किनभने उनीहरु आमाछोरी नभई जुम्ल्याहा दिदीबहिनी जस्ता देखिन्थे । नदेखियोस् पनि किन रु उनकी छोरी टिजीको उमेर २२ वर्ष छ ।

यो प्रष्ट छ कि सवाना २२ वर्षीया टिजीकी सौतेनी आमा हुन् । तर अनौठो त के भने सौतेनी आमाछोरीको अनुहार ठ्याक्कै मिल्दोजुल्दो छ ।एक भिडियोमा उनीहरुले कतै हिंडिरहेको बेला प्रायः मानिसहरुले आफुहरु जुम्ल्याहा भएको लख काट्ने गरेको बताएका छन् ।

वास्तवमा टिजीका ४४ वर्षीय पिता क्रिस च्यापिनसँग सवानाले बिहे गरेकी हुन् । च्यापिन एक सैलूनका मालिक पनि हुन् । सोही सैलूनमा स्टाइलिस्टको पदमा जागिर गर्दागर्दै मालिकसँगै उनको प्रेम बस्यो । केही समय पहिले पत्नीसँग डिभोर्स गरेका क्रिसले अन्ततः आफूभन्दा १६ वर्ष कान्छी तथा आफ्नै सैलूनकी कर्मचारी सवानासँग बिहे गरे ।सुरुमा सौतेनी छोरी टिजी आफूलाई रत्तिभर मन नपर्ने गरेको भएपनि अहिले आफुहरु निकै मिल्ने साथीहरु जस्तो भएको सवाना बताउँछिन् ।

एजेन्सी

सम्बन्धित खबर