२०८१ माघ ५, शनिवार , ०६:२१:४७ बजे

Sajhamanch
'

अग्रज संगीत संयोजक नोर्बु छिरिङको निधन

सोमवार, माघ १, २०८०

काठमाडौं । अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङ आप्पाको सोमबार ७५ वर्षको उमेरमा निधन भएको छ । आज बिहान ललितपुरको हात्तीवनस्थित निवासमा उनको निधन भएको संगीतकार संघले जानकारी दिएको छ ।

उनीसँग दुई दशक सहकार्य गरेका संगीत संयोजक ९एरेन्जर० फणिन्द्र राईले पनि आप्पाको निधन भएको बताए । ‘एकाबिहानै उहाँ घरमा ढल्नुभयो भन्ने कुरा थाहा पाएँ,’ उनले भने ।

पछिल्लो समय अशक्त रहेका छिरिङले कोभिडको लकडाउनपछि बाद्यवादन छाडेका थिए । उनले नारायणगोपाल र म्युजिक नेपालका गीतमा पनि संगीत संयोजन गरेका थिए ।

‘उहाँ नम्र र सज्जन मान्छे हो । धेरै बोल्ने बानी थिएन । रिभर्ज बस्नुहुन्थ्यो । उहाँ क्वालिफाइड पनि हो,’ छिरिङको स्वभावबारे राईले भने । ५१ सालदेखि एरेन्जरको काम थालेका उनले कुपण्डोलको सान स्टुडियोमा लामो समय काम गरे ।

छिरिङका श्रीमती र दुई छोरी छन् । एक छोरी क्यानडा र अर्की बेलायतमा छन् । दुवै छोरी नेपाल आएपछि बौद्ध पम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ ।

संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले अमर स्रष्टा छिरिङको निधनले नेपाली संगीत क्षेत्रलाई मर्माहत तुल्याएको बताए ।