२०८२ जेठ २५, आइतवार , १२:०८:०४ बजे

Sajhamanch
'

राप्रपाको चियापान आज, ८ हजार जनालाई निम्तो

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान गर्दैछ।

चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत ८ हजारलाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

चियापान समारोह अघि सिंहदरबारस्थित शालिकमा माल्यार्पण कार्यक्रम गर्ने कार्यक्रम छ । भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म ऱ्याली र शालिकमा माल्यार्पण गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

राप्रपाले गरेको कविता प्रतियोगिताको पुरस्कार पनि आजै वितरण गर्नेछ।

प्रतियोगितामा रूकुम पश्चिमका उमेश पुन मगरको कविता ‘देशभित्र देखेको देश’प्रथम भएको छ। कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, संखुवासभाका सिजन श्रेष्ठको कविता ‘पृथ्वी यात्रामा पृथ्वी’ तृतीय भएको छ।

प्रथम हुनेलाई १ लाख , द्वीतीय हुनेलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कारस्वरूप पाउनेछन्।

चौथो, पाचौं र छैटौं हुनेलाई पनि प्रोत्साहनस्वरूप १०/१० हजार पुरस्कार दिने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

सम्बन्धित खबर