२०८१ असोज ४, शुक्रवार , ०१:५२:४१ बजे

Sajhamanch
'

सृष्टि भन्छिन्- ब्रेकडाउन सबैको जीवनमा हुन्छ, आफू भित्रैदेखि बलियो हुनुपर्छ

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठका लागि यस वर्ष उतारचढावपूर्ण रह्यो । उनी अभिनित पछिल्ला चारै फिल्मले उनलाई राहत दिन सकेनन् । यद्यपि उनको अभिनयको प्रशंसा भयो ।

चिसो एस्ट्रे, माइकल अधिकारी, सेक्रेट्स अफ राधा र प्रेमामा उनको महत्वपूर्ण भूमिका थियो । यसैवर्षको सुरुवातमा अभिनेता सौगात मल्लसँगको उनको लामो समयदेखि रिलेसनसिप टुंगियो ।यो टाइमलाइन हेर्दा सृष्टिका लागि २०८० साल उतारचढावपूर्ण देखिएको छ । पछिल्लो फिल्म ‘११स्५५’ को छायांकन सेटमा मिडियासँग कुरा गर्दै सृष्टिले आफ्नो जीवनको उतारचढावबारे कुरा गरेकी छन् ।

उनी भन्छिन्, ‘ब्रेकडाउन सबैको जीवनमा नेचुरल हुन्छ । उतारचढाव हुन्छ, तर महत्वपूर्ण चाहिं हामी आफूभित्रैबाट बलियो हुनुपर्छ ।’उनी दुःखमा नआत्तिन र सुखमा नमात्तिन सुझाव दिन्छिन् । ‘सकेसम्म म आफूमा कनेक्ट हुने कुरामा ध्यान दिन्छु । दुःखमा नआत्तिनु र सुखमा नआत्तिनु भन्छन् नि यो कुरामा ध्यान दिनुपर्छ । म त्यो कुरालाई आत्मसात गर्छु,’ उनले भनिन् ।कामको कुरा गर्दा सृष्टिको प्रतीक्षित फिल्म ‘द रेड सुट्केस’ चैत ३० गते रिलिजको तयारीमा छ ।

सम्बन्धित खबर