२०८२ जेठ २५, आइतवार , १०:५६:४३ बजे

Sajhamanch
'

गौशाला-२६ ले दिइन् पहिचान खुलाउनेविरुद्ध साइबर ब्युरोमा जाहेरी

बिहिवार, पौष २६, २०८०

काठमाडौँ । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती ‘गौशाला २६’ भन्दै सामाजिक संजालमा पहिचान खुलाउने खोज्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोले कारबाही प्रक्रिया अघि बढाएको छ।

गौशाला-२६ को पहिचान खुलाउने प्रयास गरेको भन्दै ब्युरोमा एक जाहेरी समेत परेकाले त्यसरी तस्बिरहरू राख्नेकहरुको खोजी भइरहेको ब्युरो स्रोतले जनाएको छ।

‘दुई वटा कसुरमा अनुसन्धान गरिदिन उल्लेख गर्दै जाहेरी परेको छ, हामीले त्यसरी तस्बिरहरू राख्नेहरुको खोजी सुरु गरेका छौं’ स्रोतले भन्यो।

यसैबिच गौशाला-२६ को पहिचान खुलाएको भन्दै स्वतन्त्र पार्टीका प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवश सापकोटा रास्वपाले निलम्बन गरेको छ।

सम्बन्धित खबर