२०८१ मंसिर १५, शनिवार , १०:१६:३७ बजे

Sajhamanch
'

दक्षिण झापाका प्रहरी चौकीमा नेतृत्व फरिएसँगै अवैध असुलीमा तीब्रता

बिहिवार, पौष २६, २०८०

भद्रपुर । दक्षिणी झापाका प्रहरी चौकीमा नेतृत्व फेरिएसँगै मालबाहक सवारी साधनबाट अवैध असुलीको नयाँ शैली अपनाउन थालिएको गुनासो सार्वजनिक भएको छ ।

राजमार्ग आसपास तथा भित्री सडकका छेउमा रहेका प्रहरी चौकीमा प्रमुख फेरिएसँगै सेटिङ मिलाउन भन्दै घुमुवाले मालबाहक सवारी साधनका चालक तथा सहचालकलाई भेट्न बोलाउन थालेको पाइएको हो ।

झापाका उत्तर दक्षिण सडकमा चल्ने अधिकांश ढुवानी सेवाका सवारी साधनका चालकहरुलाई विभिन्न प्रहरी चौकीका नयाँ नेतृत्वले सहज वातावरणका नाममा रकम असुल्ने गरेको एकजना चालकले नाम उल्लेख नगरिदिन आग्रह गर्दै जानकारी दिएका हुन् ।

ती चालकका अनुसार व्यापारिक प्रयोजनमा कुद्ने मिनी ट्रक, छोटा हात्ती, ट्याक्टरदेखि अटोसम्मका सवारी साधनबाट कमाइ क्षमताका आधारमा मासिक नजराना उठाइने गरेको छ । हरेक पटक नयाँ नेतृत्व आएसँगै नजराना असुलीमा नयाँ नयाँ शैली अपनाएर रकम बढाइने गरेको चालकहरूको गुनासो छ ।

यस घटनाले नेपाल भारत सिमा नाकाबाट आउने अवैध सामान ओसारपसार गर्ने सवारी साधनबाट मोटो रकम असुल्ने प्रहरी चौकीको सिको गर्दै ग्रामीण सडकमा गुड्ने सवारी साधनबाट समेत रकम माग्ने गरेको रहस्य बाहिर आएको हो ।

सम्बन्धित खबर