
काठमाडौं । गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफ क्लब ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
समुह ए को विजेताको रुपमा सेमिफाइनल आएको एपीएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको हो ।
विरेन्द्रनगरको खुल्ला मञ्चमा भएको खेलमा एपीएफले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित गरेको हो ।
दोस्रो सेमिफाइनल खेलमा समुह बी को विजेता आर्मी र समुह एको उपविजेता पुलिसबीच खेल हुने छ ।