२०८२ जेठ २५, आइतवार , ०६:०७:११ बजे

Sajhamanch
'

भीमाद दुर्घटना अपडेट : घाइते १ जनाको मृत्यु

बुधवार, पौष २५, २०८०

पोखरा । पोखराबाट रामपुर जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ । भीमाद नगरपालिका ५ सुनाकोटस्थित बारलथुम्कीको घुम्तीमा जिप पल्टिएको हो । दुर्घटनामा १२ जना घाइते भएका थिए ।

बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा घाइते १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । ग १ ज ७५३४ नम्बरको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते ३ जनाको थप उपचारका लागि ३ पोखरा ल्याइएको छ । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर