२०८२ जेठ २६, सोमवार , १२:४६:५९ बजे

Sajhamanch
'

मेनपावर व्यवसायीहरूले अघि सारे १० बुँदे माग

सोमवार, पौष २३, २०८०

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभिन्न १० बुँदे माग अघि सारेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा देखिएका विभिन्न विषयलाई सम्बोधन गर्न सरकारसँग माग गरे ।

पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमा विभिन्न समस्या देखिएको भन्दै संघले ती समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको हो ।

यी हुन संघले अघि सारेका मागहरू:

१ साउदी अरब दूतावास काठमाडौँले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरी अनिवार्य गरेको बायोमेट्रीक कूटनैतिक पहल गरी हटाउनु पर्ने ।

२ वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक र मलेसियाको प्राइभेट कम्पनीबिच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्नुपर्ने ।

३ वैदेशिक रोजगारीमा जाने र कामदारलाई लागु गर्न खोजिएको अनिवार्य परीक्षाको औचित्य नहेरी आर्थिक भार बढाउने हुँदा खारेज गर्नुपर्ने ।

४ निःशुल्क तालिमका नाममा बनाइएको कार्यविधिको अनावश्यक मापदण्ड हटाउनु पर्ने ।

५ अभिमुखीकरण तालिमको नयाँ मापदण्ड अनुसार तय गरिएको कार्यविधिमा राहदानी अगाडी र तालिमको व्यवस्था मिलाउनु पर्ने ।

६ मानव तस्करी र बिचौलियालाई फाइदा पुग्ने गरी प्रदान भई रहेको व्यक्तिगत श्रम स्वीकृत बन्द गरी संलग्न माथि छानबिन गरी कारबाही हुनु पर्ने ।

७ वैदेशिक रोजगारको आकर्षक गन्तव्य जापान, इजरायल (केयर गिभर बाहेक) कोरियाको भ्ठ भिसामा कामदार पठाउन व्यवसायी मार्फत व्यवस्था गर्नुपर्ने ।

८ साउदी अरब कामदार पठाउन काठमाडौँ स्थित दूतावासले केही सीमित व्यवसायीलाई मात्रै क्ष्म् दिने र भएका क्ष्म् लाई पनि अनावश्यक झन्झट दिँदै कतिपय व्यवसायीको बिनाकारण क्ष्म् कार्ड खोस्ने र सीमित व्यवसायीलाई मात्रै एकाधिकार साथ कार्य गर्न बल पुग्ने कार्य गरिरहेकोले उक्त कार्य रोक्न र नयाँ व्यवसायीहरुले साउदी अरबबाट मागपत्र ल्याए पनि कामदार पठाउन नपाइरहेकाले सबै व्यवसायीहरुले साउदी अरब कामदार पठाउन पाउने व्यवस्था गर्न पहल गरिदिनुपर्ने ।

९ वैदेशिक रोजगार ऐन, २०६४ लाई समय सापेक्ष परिमार्जन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग समन्वय र छलफल गरी मन्त्रालयले यथाशीघ्र कार्य प्रारम्भ गर्नुपर्ने ।

१० प्रणाली पूर्ववत् रुपमा अविलम्ब संचालनमा ल्याउन कार्य प्रारम्भ गरिनुपर्ने ।

सम्बन्धित खबर