![](https://sajhamanch.com/wp-content/uploads/2023/11/congress_office_LTqZUftfDZ-e1699077671697.webp)
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका १० जना उम्मेदवारको टु्रगो लगाएको छ।लामो रस्साकस्सीपछि कांग्रेसले आज बिहान उम्मेदवार चयन रहेको हो।कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ।यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको लेखकको भनाइ छ।कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ।