
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट एक उमेदवारको नाम टुंग्याइएको हो ।
पार्टीका तर्फबाट रौतहटकी पूजा चौधरीलाई उमेदवार बनाउने निर्णय गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार (भोलि ) उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।
सत्ता गठबन्धनमा आबद्ध दलबीच राष्ट्रियसभामा रिक्त हुन लागेका सिटमा भागबन्डा गरिएको छ । भागबन्डाअनुसार नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउने उनीहरूबीच सहमति भएको छ ।