२०८२ पौष १ मङ्गलवार , १०:४५:५९ बजे

Sajhamanch
'

विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद

आइतवार, पौष २२, २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना श्रीलंकन महिला पक्राउ परेकी छिन्।

ब्रा र पेण्टीमा धुलो बनाएर सुन ल्याएको अवस्थामा श्रीलंकन महिला कान्थामात्रे काभास्कर पक्राउ परेकी हुन्।

दुबईबाट नेपाल आएकी ती महिलालाई शनिवार राती पक्रउ गरिएको त्रिभुवन विमानस्थलका सुरक्षा गार्ड प्रमुख डीआईजी अर्जुन चन्दले बताए।

उनका अनुसार सो सुन १ किलो ३०० ग्राम रहेको छ।