२०८१ माघ १६, बुधवार , ०३:४९:३५ बजे

Sajhamanch
'

चुलाचुलीमा नवोदयको आँखा शिविर, २४२ जनाले लिए सेवा

शनिवार, पौष २१, २०८०

चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा आज शनिबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा सो शिविर सञ्चालन गरिएको हो ।

चुलाचुली गाउँपालिका वडा नम्वर २ को व्यवस्थापनमा वडा कार्यालयको सभाहलमा शिविर सम्पन्न भएको हो । शिविरमा उपचारर्थ आएका बिरामीहरुलाई सन्जु अर्याल, सन्जोग गड्तौला, मिना थापा र राजबहादुर साहाको टोलीले आँखा परीक्षण गरेका हुन् ।

सो आँखा स्वास्थ्य शिविरमा पुरुष ८९ जना, महिला १४२ जना र बालबालिका ११ जना गरी २४२ जनाको आँखा परीक्षण गरिएको जनाइएको छ ।

शिविरमा बिरामीलाई आवश्यक पर्ने औषधीहरु आयोजक संस्थाको तर्फबाट निःशुल्क प्रदान गरिएको कार्यक्रम संयोजक सोम अधिकारीले जानकारी दिए ।

आँखा परीक्षण गरिएका बिरामीहरु मध्ये २८ जनालाई मोतिया बिन्दूको समस्या देखिएकाले आगामी पुस २४ गते बिर्तामोड आँखा अस्पतालले निःशुल्क अप्रेसन गरिदिने जनाएको छ ।

सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क आँखा शिविर सञ्चालन गरेको र सो शिविरबाट संस्थामा आवद्ध सदस्य एवम् गैर सदस्यले समेत निःशुल्क रुपमा आँखा परीक्षण सेवा लिएका आयोजक संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले जानकारी दिएका छन् ।

सम्बन्धित खबर