२०८१ असोज ४, शुक्रवार , ०८:४५:५८ बजे

Sajhamanch
'

‘ओशो सन्यासी’ बनेकी नम्रताको गोवामा योग पोज

शनिवार, पौष २१, २०८०

काठमाडौं । ‘अन्तराल’ डेब्यु अभिनेत्री नम्रता सापकोटा ओशो सन्यासी बनेको डेढ वर्ष भयो । त्यसयता उनको जीवनमा आध्यात्मिक मोड आएको छ । उनी यतिबेला चित्त शुद्ध बनाउने प्रयासमा छिन् ।

‘छक्कापञ्जा’ अभिनेत्री समेत रहेकी नम्रतालाई लिएर यतिबेला नयाँ खबर छ । उनले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक ९ग्राजुएसन० उत्तीर्ण गरेकी छन् । त्यहाँको शिवानन्द धन्वन्तरी आश्रममा उनले योग सिकेकी छिन् ।सामाजिक सञ्जालबाट उनले आफू योग टिचरको रुपमा ग्राजुएट भएको फोटो सार्वजनिक गरेकी छन् । उनी यतिबेला भारतको गोवामा रमाइरहेकी छन् । समुन्द्री तटमा योग गरिरहेकोदेखि सूर्यास्तमा रमाइरहेको उनको फोटो आकर्षक देखिन्छ ।एक तस्वीरमा उनी ध्यानमग्न मुद्रामा योग गरिरहेकी छिन् । केही समयदेखि लगातार उनले दक्षिण भारतका विभिन्न ठाउँमा हट र आकर्षक फोटो सार्वजनिक गरिरहेकी छिन् ।कामको कुरा गर्दा नम्रता अभिनित फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । उनको पछिल्लो रिलिज भएको फिल्म ‘डेसान’ थियो ।

सम्बन्धित खबर