२०८१ असोज ४, शुक्रवार , ०१:०१:४३ बजे

Sajhamanch
'

बच्चन परिवारसँग सम्बन्ध बिग्रिएपछि विदेशमा ऐश्वर्याको कारोबार

बुधवार, पौष १८, २०८०

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनबीचको तनाव झनै बढेको छ । अभिनेत्री ऐश्वर्याले आफ्नो कमाईलाई जोगाउन दुबईको एउटा बैंकमा खाता खोलेकी छिन् । उनी दुबईको एएमआईसी पार्टनर्स लिमिटेडसँग फेरी जोडिएको पनि खबर आएको छ । उनी सन् २००९ मा यो लिमिटेडसँग जोडिएर फेरी अगल भएकी थिईन् ।

दुबईको ऐश्वर्या जोडिएको कम्पनीमा अन्य तीन जना पनि निर्देशक रहेको भिडियो अहिले बाहिरिएको छ । सोही कारण पनि अब यी अभिनेत्री भारत भन्दा दुबईमा आफ्नो व्यापार व्याबसाय सञ्चालन गर्ने तयारीमा छिन भन्नेकुरा उनको यो आबद्धताले जनाएको छ । ऐश्वर्या आबद्ध भएको यो कम्पनीको वृन्दा राय र भाइ आदित्य रायले काम हेरिरहेका छन् । यस्तै यी अभिनेत्रीले आफ्नो एम्स्टर्डममा रहेको एबीएन एमरो बैंकको खाता पनि सक्रिय बनाएकी छिन् । उनको यो बैंकको खातामा पनि राम्रै पैसा भएको समाचार छ ।

यसरी आफ्नो कारोबार बिदेशमा बढाईरहेकी अभिनेत्री ऐश्वर्याले आफ्ना वकिलहरुसँग सम्बन्ध विच्छेदको सल्लाह लिईरहेको खबर बाहिर आएको छ । यी दुईको प्रेम कथा फिल्म गुरुको सुटिङको क्रममा सुरु भएको थियो । पछि यी दुवैले अप्रिल २००७ मा विवाह गरे । यी दुईले १६ नोभेम्बर २०११ मा छोरी आराध्या बच्चनलाई जन्माएका थिए । छोरीले बुबा आमाको सम्बन्ध सुधार्न खोजे पनि ऐश्वर्याले आफुलाई बच्चन परिवारले गरेको अपमान र हातपातको पीडा असैह्य भएको बताएकी छिन् ।एजेन्सी

सम्बन्धित खबर