२०८२ जेठ २८, बुधवार , ०४:११:२७ बजे

Sajhamanch
'

नेप्से ३० अंकले घट्यो, सबै उपसमूह राताम्य

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । सातको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ३०.०५ अंकले घटेको छ ।

आज नेप्से १.४५ प्रतिशतले घटेर २०३०.१० विन्दुमा कायम भएको छ । ३०५ धितोपत्रको एक करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर तीन अर्ब ९९ करोड ७३ लाख ८३ हजार ३१४ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.२१ प्रतिशतले घटेको छ ।

चिखुवा खोला हाइड्रोपावरको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर