२०८२ जेठ २९, बिहिवार , ०३:५४:५८ बजे

Sajhamanch
'

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । ७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कार्यालय सदस्य इन्द्रमोहन सिग्देलले जानकारी दिए । उनको स्वास्थ्यमा सुधार हुँदै गएको पनि उनले बताए ।

‘अस्पताल बसेको तीन रात भइसक्यो । स्वास्थ्यमा सुधार हुँदै गएको छ,’ सिग्देलले भने, ‘सम्भवतः आज वा भोलि डिस्चार्ज हुनुहुन्छ होला ।’

सम्बन्धित खबर