२०८२ जेठ २९, बिहिवार , ०२:२९:५० बजे

Sajhamanch
'

प्रहरी हवल्दार मृत फेला

सोमवार, पौष १६, २०८०

संखुवासभा । संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए ।

ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको छ । ‘उहाँले १० बजेदेखि २ बजेसम्मको ड्यूटी गर्नुभएको हो । ड्रेस नफुकाली सुत्नु भएको रहेछ । बिहान पौने पाँच बजे आसपासमा बेहोस अवस्थामा फेला पारेका थियौं,’ संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भने, ‘त्यसपछि अस्पताल पुर्याए पनि उहाँलाई बचाउन सकिएन ।’

४१ वर्षीय तामाङको घर इलाम रहेको श्रेष्ठले बताए ।

सम्बन्धित खबर