२०८२ भदौ २६, बिहिवार , ०१:५४:५६ बजे

Sajhamanch
'

मातातीर्थ र फाखेल–फर्पिङ सडक आजदेखि दुई महिना बन्द

सोमवार, पौष १६, २०८०

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द गरिने भएको छ ।

कुलेखानी–हुमाने–फाखेलखण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि फागुन १५ गतेसम्मका निम्ति यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ ।

उक्त खण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ । यातायातका साधनका निम्ति हेटौंडा–भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो भएर काठमाडौंको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईंले जानकारी दिएका छन् ।

उनका अनुसार, आज बिहानदेखि वैकल्पिक मार्गका रूपमा हेटौंडाबाट आउने हल्का सवारीसाधन उक्त खण्डमा सञ्चालन हुनेछन् ।

वैकल्पिक सडकका रूपमा काठमाडौंको चापागाउँ हुँदै कान्ति लोकपथबाट हेटौंडातर्फ आउने सवारीसाधनलाई पनि सञ्चालनमा ल्याइने गाउँपालिकाकाले जनाएको छ ।

सम्बन्धित खबर