
काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा बागमती प्रदेशमाथि ९ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले दोस्रो एलिमिनेटरमा कोशीसँग खेल्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो ।
सुदुरपश्चिमको लागि ओपनरम बिन्दु रावलले ५४ रन, सम्झना खड्काले अविजित २१ र रुवी पोद्दारले १८ रन बनाए ।
बागमतीका लागि एक मात्र विकेट मनिषा उपाध्यायले लिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले १९ ओभरमा अलआउट हुँदै ९९ रन बनाएको थियो । बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक ३६, सोनी पाख्रिनले १४, हेलिशा गुरुङ र खुसी डंगोलले १०–१० रन बनाए ।
सुदूरपश्चिमकी कृष्मा थापाले सर्वाधिक ३ विकेट लिइन् । लक्ष्मी साउद र ऋतु कनौजियाले समान २र२ विकेट लिए ।
आइतबार नै भएको पहिलो खेलमा एपीएफले कोशीमाथि ५२ रनको जित निकाल्दै फाइनल पुगेको छ । फाइनल पुग्ने अर्को टिम कोशी र सुदूरपश्चिमबीचको खेलको बिजेता हुनेछ ।