
काठमाडौं । एपीएफ अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफार्यसमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गर्यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
१४० रनको लक्ष्य पछ्याएको कोशी निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८७ रनमा सीमित रहेपछि एपीएफ ५२ रनले विजयी भएको हो ।
कोशीका लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन बनाइन् । उनले ४८ बलमा २ चौका र एक छक्का प्रहार गरिन् । रुबिना क्षेत्रीले २२, लकिता राजवंशीले १४ रन बनाइन् । विमला मलाहा ६ रनमा अविजित रहिन् ।
एपीएफका लागि रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता राना मगरले एकरएक विकेट लिए ।
पहिले ब्याटिङ गरेको एपीएफका लागि इन्दु बर्माले ५६ रनको अर्धशतकीय पारीसहित अविजित रहिन् । उनले ५० बलमा ३ चौका र एक छक्का प्रहार गरिन् ।
कप्तान सीता राना मगर ४५ रन र ज्योति पाण्डेले १२ रन बनाए । रोमा थापा १८ रनमा अविजित रहे ।
कोशीका लागि एक मात्र विकेट कप्तान रुबिना क्षेत्रीले लिइन् ।
आजको दोस्रो खेल एलिमिनेटर वानअन्तर्गत सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुनेछ । यी दुई बिचको विजेताले कोशीसँग एलिमिनेटर टु अन्तर्गत कोशीसँग खेल्नेछ ।
एलिमिनेटर टु को विजेताले पुस १८ गते फाइनलमा एपीएफसँग खेल्नेछ ।