२०८१ माघ १६, बुधवार , ०३:३३:५४ बजे

Sajhamanch
'

नवोदय बहुउद्देश्यीय सहकारीको आयोजनामा केर्खामा स्वास्थ्य शिविर

शनिवार, पौष १४, २०८०

कमल । झापाको कमल गाउँपालिकाको केर्खामा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा उपस्थित बिरामीलाई अस्पतालका डाक्टर मन्जुल जिसी र शर्मिला नेपाली तथा नर्सिङ प्रमुख राधा न्यौपाने लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

बिरामीलाई कमल गाउँपालिका तथा मनमोहन मेमोरियल सामुदायिक अस्पतालका तर्फबाट निःशुल्क औषधी वितरण गरिएको शिविर कार्यक्रमका संयोजक सोम अधिकारीले जानकारी दिए ।

शिविरमा पुरुष ३६ जना र महिला ४५ जना गरी जम्मा ८१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा थाइराइड, सुगर, प्रेसर, कान दुख्ने समस्या, ग्याष्ट्रिक, छाला सम्बन्धी समस्या, दाँत दुख्ने लगायत नसर्ने रोगका विरामीले स्वास्थ्य सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक दाहालले जानकारी दिए ।

सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तगरत स्वास्थ्य शिविर सञ्चालन गरेको र उक्त शिविरबाट संस्थामा आवद्ध सदस्य तथा गैर सदस्यले समेत निःशुल्क स्वास्थ्य सेवा लिएका आयोजक संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले बताए ।

सम्बन्धित खबर