२०८१ माघ १६, बुधवार , ०३:५२:३९ बजे

Sajhamanch
'

दशनामीको ऊँ नमः शिवाय साकोसमा पौडेललाई लेखा सुरीवेक्षण संयोजक

शनिवार, पौष १४, २०८०

बिर्तामोड । दशनामीहरुले सञ्चालन गरेको ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । झापाको बिर्तामोड– ५ मा मुख्य कार्यालय रहेको संस्थाले आज १५ जना सदस्यहरुलाई सम्मान पनि गरेको छ ।

संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षता तथा नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो ।

संस्थाका उपाध्यक्ष खिलबहादुर गिरी (राजु)ले अतिथि एवम् सहभागी सदस्यहरुलाई शाब्दिक स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी, नेपाल दशनामी समाज कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), समाजका झापा महिला अध्यक्ष तथा संस्थाका सल्लाहकार पार्वता गिरी, शहीद राजन गिरीका पिता केदार शम्शेर गिरीलगायतले मन्तव्य राखेका थिए ।

संस्थाका सचिव शंकर गिरीले सञ्चालन गरेको कार्यक्रममा आव २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट संस्थाका कोषाध्यक्ष खड्गप्रसाद गिरीले प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७९/०८० सम्ममा १ हजार ६७६ जना शेयर सदस्य रहेको संस्थामा एक करोड ८८ लाख ७९ हजार ६०० रुपैयाँको शेयरपुँजी रहेको छ ।

संस्थाका अध्यक्ष गिरीद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाले समीक्षा आर्थिक वर्षमा ५७ लाख ४९ हजार १४३ रुपैयाँ २६ पैसा आम्दानी, ३५ लाख २७ हजार १ रुपैयाँ ४४ पैसा खर्च गरी बाडफाँड गर्न योग्य नाफा २१ लाख ११ हजार ३४ रुपैयाँ ७३ पैसा रहेको उल्लेख छ ।

साधारण सभाको अवसरमा ऊँ नमः शिवाय साकोसका १५ जना सदस्यहरु सम्मानित भएका छन् । त्यस्तै साधारणसभाबाट लेखा सुपरीवेक्षण समितिको संयोजकमा इन्द्रमणि पौडेललाई सर्वसम्मत चयन गरेको जनाइएको छ ।

सम्बन्धित खबर