२०८२ जेठ ३१, शनिवार , ०५:१३:२१ बजे

Sajhamanch
'

बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

शनिवार, पौष १४, २०८०

पोखरा । बसले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारत घर भै हाल पोखरा २७ बस्ने इसरावती कुमारीको ज्यान गएको हो ।

३० वर्षकी उनी लेखनाथ महोत्सवमा फुटपाथमा फूल बेच्दै थिइन् । बस अनियन्त्रित भएर फुटपाथमै पसेर ठक्कर दिएको थियो ।

बागलुङबाट पोखरा हुँदै भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिएको थियो ।

तनहुँको म्याग्देका रामजी गन्दर्भ र पर्साकी चिजमाया गन्दर्भ घाइते भएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।

सम्बन्धित खबर