२०८२ असार १, आइतवार , ०१:५४:२० बजे

Sajhamanch
'

दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुको प्रदर्शन

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयमा भएको प्रर्दशनका क्रममा दुई युवाको मृत्यु भएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ । शुक्रबार साँझ प्रदर्शनीमार्गमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

रोजगारीका लागि आवेदन माग गर्ने युवालाई सरकारले गोली हानेको भन्दै अनेरास्ववियु विरोधमा उत्रिएको हो ।

उनीहरूले ुविद्यार्थीको ज्यान मार्न पाइँदैनुजस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले युवाहरूमाथि बर्बर दमन भएको र दुई युवाले ज्यान गुमाउन पुगेको बताए । उनले सरकारको गलत नीतिले युवाहरू विदेशिन बाध्य भएको र विदेश गएका युवाहरूकै कारण मुलुकको अर्थतन्त्र चलेको जिकिर गरे । उनले युवाहरूको हत्याको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न माग गरे ।

काठमाडौंको बालकुमारीमा ईपीएस परीक्षाका लागि आन्दोलन गर्ने क्रममा प्रहरीसँगको मुठभेडमा दुई युवाको मृत्यु भएपछि सर्वत्र सरकारको विरोध भइरहेको छ ।

सम्बन्धित खबर