२०८२ जेठ ३१, शनिवार , ०८:१९:०६ बजे

Sajhamanch
'

मन्त्रीको गाडीमा आगजनी गर्ने १८ जना पक्राउ

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फारम भर्न नपाएको भन्दै आज ९शुक्रबार० केही युवाले ललितपुरको बालकुमारीमा गाडीमा आगजनी गरेका थिए ।

घटनापछि प्रहरीले चलाएको गोली लागेर दुई युवा घाइते भएका छन् । एकजनाको पाटन अस्पताल र एकको किस्ट अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले जानकारी दिए ।

सम्बन्धित खबर