२०८२ असार १, आइतवार , ०१:२८:१२ बजे

Sajhamanch
'

आगामी सातादेखि मुर्रा राँगाको वीर्य संकलन गरिने

शुक्रवार, पौष १३, २०८०

काठमाडौँ । पशु चौपायामा नश्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको आगामी सोमवार (पुस १६ गते) बाट वीर्य संकलन गरिने भएको छ । भारतबाट ल्याइएका मुर्रा राँगालाई कम्तीमा २१ दिनसम्म क्वारेनटाइनमा राखेर आगामी सोमबारबाट मात्रै वीर्य संकलन गर्न लागिएको हो ।

पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएका मुर्रा राँगाको सोमवारदेखि वीर्य संकलन गरिने कार्यालयका प्रमुख तथा पशु विकास अधिकृत डा।जगदीश पाण्डेयले बताए ।

एक पटकमा एउटा मुर्रा राँगाबाट २ सय ५० डोज वीर्य संकलन गरिने छ । सातामा २ पटक वीर्य संकलन गरिने राष्ट्रिय पशु प्रजनन कार्यालयले जनाएको छ । १ डोज वीर्यबापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनुपर्ने कार्यालयले जनाएको छ ।

पशु चौपायामा नश्ल सुधारका लागि गत मङ्सिरमा भारतबाट १५ वटा मुर्रा राँगा नेपाल ल्याइएको थियो ।

सम्बन्धित खबर