२०८१ फागुन १४, बुधवार , ०६:२६:०० बजे

Sajhamanch
'

टोटनहमविरुद्ध ब्राइटनको जित

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा ब्राइटनले टोटनहमविरुद्ध ४–२ को सहज जित निकालेको छ ।

बिहीबार राति फाल्मेर रंगशालामा ब्राइटनलाई जित दिलाउन जाओ पेड्रोले दुई र ज्याक हिन्सेलउड र पर्भिस इस्टुपिनानले एकरएक गोल गरे । टोटनहमका एलेजो भेलिज र बेन ड्य ११औँ मिनेटमा हिन्सेलउडले गोल गर्दै घरेलु टिम ब्राइटनलाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा पेड्रोले ब्राइटनको अग्रता दोब्बर बनाए । ६३औँ मिनेटमा इस्टुपिनानले गोल गर्दै ब्राइटनको अग्रतालाई ३–० मा पुर्‍याए । ७५औँ मिनेटमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टिमले अग्रता ४–० मा पुर्‍याएको थियो ।

८१औँ मिनेटमा भेलिज र त्यसको तीन मिनेटपछि ड्याभिसले गोल गर्दै खेल रोमाञ्चक बनाए पनि टोटनहमलाई बराबरीमा फर्काउन सकेनन् ।

जितसँगै १९ खेलबाट ३० अंक जोडेको ब्राइटन तालिकाको आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट ३६ अंकको टोटनहम पाँचौँ स्थानमा छ । जारी सिजन टोटनहमको यो पाँचौँ हार हो ।

सम्बन्धित खबर