२०८१ माघ ६, आइतवार , ११:१०:४५ बजे

Sajhamanch
'

शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु, सुडले पछारी टाउकोमा टेक्यो

शुक्रवार, पौष १३, २०८०

शिवसताक्षी । झापा शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी ११ निवासी ४५ वर्षीय मेघराज राईको गएराति जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ११ की वडा सदस्य एलिना राईका अनुसार हात्तीले १ बजे राती एकासी आएर घर भत्काउन थाल्यो । सबै परिवार भागेर बाहिर निस्केका थिए ।

मेघराजको घर भत्काएपछि हात्ती माथिल्लो घर तिर लाग्यो, मेघराज मोबाइल लिन फेरी घरतिर फर्केका थिए । घरबाट मोबाइल लिएर बाटो तिर जाँदै गर्दा पछाडीबाट हात्ती आएर लखटेको स्थानीयले बताए । हात्तीले लखेटेपछि घरबाट करिब ४० मिटर पर भाग्ने क्रममा सुडले पछारी टाउकोमा टेकेको स्थानीयबासीको भनाई छ ।

हात्तीको आक्रमणबाट १ लाख ५० हजार बरारबको क्षति भएको बताइएको छ । हात्तीको आक्रमणका कारण शिवसताक्षीमा बैशाखा यता ३ जनाको मृत्यु भइसकेको छ । झापामा यही आर्थिक वर्षमा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

घटना स्थल, जहाँ हात्तीले मृतक मेघराजलाई लछार पछार पारी टाउकोमा टेकेको थियो

शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जंगली हात्तीका कारण नगरबासी आजित भएको बताए । यसको नियन्त्रणका लागि १५ ओटै पालिकाले बारम्बार उठाएको विषय रहेको जानकारी दिए । हात्ती अन्तराष्ट्रिय स्तरको जनावर भएकाले जिल्ला विपत व्यवस्थापन समिति, स्थानीयतह, नेपाल सरकार र बन विभागद्वारा विभिन्न कार्यक्रम र छलफल चलिरहेको तर समस्या समाधानका लागि ठोस निर्णय लिन नसकिरहेको अवस्था देखिन्छ । उनले भने, अहिले आएर ठूलो जत्थामा भन्दा पनि एक्लै आएको हात्तीले बढी मानविय क्षति गरेको देखिएको छ । हात्तीबाट सुरुक्षा गर्नका लागि हामीले हात्ती प्रभावित क्षेत्रमा साइरन, सडक बत्ती जडान, नगर प्रहरी समेत खटाइने गरिएको छ ।
यसरी आक्रमण गर्ने हात्तीलाई जिल्ला वन कार्यालय सरोबार वाला निकायहरुसँग समन्वयमा नियन्त्रणमा लिई हात्ती सारपु¥याउन कालागि पहल गर्नु पर्ने देखिएको नगरप्रमुख थोप्राको भनाई छ ।

मृतक मेघराजको शवलाई पोष्टमाटमका लागि दमक लगिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

सम्बन्धित खबर