२०८२ असार १, आइतवार , १२:३७:३० बजे

Sajhamanch
'

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

शुक्रवार, पौष १३, २०८०

झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा मृत्यु भएको थियो ।

हात्तीको तोडफोडबाट एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । झापामा साउन यता हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खबर